युक्रेनमा बमबारीबाट सबै भन्दा धेरै क्षति « Khabarhub

युक्रेनमा बमबारीबाट सबै भन्दा धेरै क्षति


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

किभ – यो साता युक्रेनमा भएको बमबारीबाट मर्नेको सङ्ख्या ३१ पुगेको छ। युक्रेनका अधिकारीले जनाए अनुसार एउटै आक्रमणबाट यत्ति धेरै मानवीय क्षति भएको यो नै पहिलो पटक हो।

आपत्कालीन निकायले दिएको जानकारी अनुसार बमबारीपछि भवनमा च्यापिएर मरेका २८ जनाको शव निकालिएको छ। यसमा ५ जना बालबालिका छन्।

एकै पटक १५९ जना घाइते भएका छन्। यसरी सबैभन्दा धेरै घाइते भएको पनि यो पहिलो पटक हो। किभका सैन्य प्रशासनका प्रमुख ट्युमर टासचेन्कोले दिएको जानकारी अनुसार घरमा एकै पटक सय भन्दा बढी थिचिएका छन्।

यस घटनापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले रुसले मान्छे मार्ने क्रम नरोके पछि अन्तर्राष्ट्रिय निकायले प्रतिबन्ध लगाउँदै दबाब दिनु पर्नेमा जोड दिएका छन्।

जेलेन्सकीका अनुसार रुसले जुलाई महिनामा मात्र ५१ सय ग्रिड बम प्रहर गरेको छ। साथै तीन हजार आठ सय ड्रोन तथा २६० भिन्न टाइपको मिसाइल प्रहार गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ३४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका