खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो ! « Khabarhub

म्याट्रिक्स फाइट नाइट

खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो !’, यो थियो भारतका फाइटर चोङ्गरेङ्ग कोरेनको घमण्ड । उनले नेपाली फाइटर रवीन्द्र ढाँटविरुद्धको फाइटअघि यसरी अपमानजनक अन्तर्वार्ता दिएका थिए । तर यो घमण्ड फाइटका क्रममा केही सेकेन्डमै माटोमा मिल्यो ।

भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएनएफ) को बहुप्रतिक्षित बान्टमवेट टाइटल फाइटमा रवीन्द्र ढाँटले उनै भारतीय फाइटर कोरेनलाई तेस्रो राउन्डको सुरुवातमै नकआउट गरे । रवीन्द्रको यो ऐतिहासिक जितले केवल टाइटल बेल्ट मात्रै होइन, सम्पूर्ण नेपाली खेलप्रेमीको मन जितेको छ ।

फाइटअघि भारतीय मिडियामा रविन्द्रलाई ‘बच्चा’ भन्दै उपहास गर्ने कोरेनको दम्भ फाइटको रिङमा केही सेकेन्ड पनि टिक्न सकेन । तीव्र र संयमित शैलीमा आक्रमण गर्दै रवीन्द्रले कोरेनलाई लगातार प्रहार गरे । अन्ततः ती प्रहारको श्रृंखलाले कोरेन ढले । रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई विजेता घोषणा गरे ।

यो जीतसँगै रविन्द्र ढाँटले आफ्नो व्यावसायिक एमएम करिअरमा नवौँ जित दर्ता गरे । अब उनी एमएफएन बान्टमवेट च्याम्पियन बनेका छन् । फाइटपछि उनले भने, ‘नेपालको झण्डा काँधमा बोकेर आएको थिएँ । आज त्यो झण्डालाई रिङमै फहराउन पाएको छु।’

रवीन्द्रको जीतलाई केवल एक खेलाडीको सफलता मात्र होइन, नेपालको साहस, आत्मबल र आत्मसम्मानको विजयका रूपमा मानिएको छ । उनको यो जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ०७ बजे

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा