जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै | Khabarhub Khabarhub

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् ।

यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाउनु भएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतले बताए । 

स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाइ छ ।

‘यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ’, उनले भने।

घना जङगलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । अहिले विशेषगरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए  ।

धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरे । 

फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

‘पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भई स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो’, उनले भने । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ३१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको