जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु « Khabarhub

जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

गोन्डा (भारत)– भारतको त्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान १० बजे एक दर्दनाक दुर्घटना भएको छ।

तीव्र गतिमा गइरहेको बोलेरो जीप सडकबाट सायू नहरमा खस्दा ११ जनाको ज्यान गएको। तीमध्ये ९ जना एउटै परिवारका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छ्न । घटनामा परेकी १० वर्षीया एक बालिका हराइरहेकी छिन्।

बोलेरोमा १६ जना सवार थिए, जसमा ४ जनालाई स्थानीय बासिन्दाले झ्यालको सिसा फोरेर बचाएका छन्। बाँकीको नहरमा डुबेर मृत्यु भइसकेको छ। सबैजना धार्मिक कार्यका लागि पृथ्वीनाथ मन्दिर जल चढाउन जाँदै थिए।

दुर्घटना गोन्डाको इटियाथोक थाना क्षेत्रअन्तर्गत भएको हो। ठूलो वर्षाका कारण नहरमा पानीको बहाव बढी थियो। गाडी नहरमा खसेलगत्तै डुब्न पुगेको हो। गाडीको झ्याल लक भएर भित्रका मानिस निस्कन सकेनन्। उनीहरू गाडीभित्रै छटपटाएर ज्यान गुमाउन बाध्य भएका छन् ।

घटनास्थलमा रहेका स्थानीय गाडी नहरमा खसेको देखेपछि तत्कालै पानीमा हाम फालेका थिए। तर गाडीका ढोका नखुलेपछि उनीहरूलाई जोगाउन सफल हुन सकेनन्।

गाडीलाई डोरीको सहायताले किनारामा तानेर केही भाग बाहिर निकालिएको छ । जहाँबाट सिसा फोडेर ४ जनालाई सकुशल बचाइएको छ।

मृतकमध्ये ९ जना एउटै परिवारका छन्। उनीहरू प्रह्लाद नामका व्यक्तिका परिवार हुन्। मृतकहरूमा प्रह्लादकी श्रीमती बीना (४४), छोरीहरू काजल (२२) र महक उर्फ रिङ्की (१४), भाइ रामकरण (३६) र उनकी श्रीमती अनसुइया (३४), छोराछोरीहरू शुभ (७) र सौम्या (९), कान्छा भाइ रामरुपकी श्रीमती दुर्गेश नन्दिनी (३५) र छोरा अमित (१४) छन्। रामरुपकी अर्की छोरी रचना (१०) हराइरहेकी छिन्।

त्यसैगरी छिमेकी रामललन वर्माकी श्रीमती सञ्जु (२६) र बहिनी गुढिया उर्फ अञ्जु (२०) को पनि मृत्यु भएको छ।

बाँच्न सफल पिंकीले गाडी खस्नेबित्तिकै सबै जना चिच्याउन थालेका थिए। पानी छिट्टै भरिँदै गएपछि कसैलाई बाहिर निस्कन समय नै मिलेन। झ्यालको सिसा फोडेर आफू र केहीजना मात्रै बाहिर निस्कन सफल भएको उनले बताइन्।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ३७ बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको