अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट « Khabarhub

अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ । 

आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ६३.७३ अंकले घटेको हो ।

आइतबारको कारोबारमा दुई सय ३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । नेप्से परिसूचकमा भारी गिरावट आउँदा आइतबार नेप्सेको पुँजीकरण पनि २.१८ प्रतिशतले घट्यो ।

आइतबार नेप्सेको सबै उपसमूह राताम्य बनेको छ जसमध्ये दुई सय ९७ दशमलव अर्थात् सबैभन्दा धेरै अंकले जीवन बिमा समूहमा गिरावट आएको छ ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सान्भी इनर्जीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ४० बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका