तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस « Khabarhub

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ। दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन् । अन्य तीनजना सामान्य घाइते छन् ।

गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको तनहुँ प्रहरीले जनाएको छ ।

केही बेरअघि आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएको छ। बस केही मिटरले मर्स्याङ्दीमा खस्नबाट जोगिएको छ।

प्रहरीका अनुसार उक्त बस सडकबाट अनियन्त्रि भएर कम्तीमा पनि ५० मिटर तल खसेको छ। प्रहरीले अहिले चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

बसको अगाडिको भाग दबिएकाले त्यहाँ थप यात्रु अड्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त बस निकाल्न प्रहरीले क्रेन झिकाएको छ। क्रेनले बस तानेपछि कति यात्रु बसभित्र थिए भन्ने खुल्ने प्रहरी बिट आँबुखैरेनीले उल्लेख गरेको छ।

यस स्थानबाट पहिले पनि बस दुर्घटना हुने गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ३६ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित