साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड « Khabarhub

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी समाचार संस्था एसपीएका अनुसार चार जना सोमाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएका छ ।

सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ । तीमध्ये १ सय ५४ जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको यो वर्षको अहिलेसम्मको गतिले राज्यलाई गत वर्ष दिइएका मृत्युदण्डको ३३८ घटनाको रेकर्डलाई तोड्ने देखिएको छ ।

विश्लेषकहरूले यो वृद्धिलाई सन् २०२३ मा सुरु गरिएको ‘लागूऔषधविरुद्धको युद्ध’ सँग जोडेका छन् । साउदी अरबमा ‘लागुऔषधविरुद्धको युद्ध’ को अभियानमा पहिलो पटक पक्राउ परेकाहरूमध्ये धेरैलाई कानुनी प्रक्रिया र दोषी ठहर भएपछि मात्र मृत्युदण्ड दिइएको छ ।

साउदी अरबले सन् २०२२ को अन्त्यमा लागूऔषधसम्बन्धी कसुरमा मृत्युदण्डको व्यवस्थालाई करिब तीन वर्षका लागि स्थगन गरेको थियो ।

एएफपीका अनुसार सन् २०२२ मा १९ जना, सन् २०२३ मा दुई जना र सन् २०२४ मा ११७ जनालाई लागूऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएको थियो ।

अधिकारकर्मीहरूका अनुसार साउदी अरबले मृत्युदण्डलाई निरन्तर अङ्गीकार गर्नुले राजकुमार मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ सुधार एजेन्डाको केन्द्रमा रहेको अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाएको छ ।

साउदी अधिकारीहरूले सार्वजनिक सुव्यवस्था कायम राख्न मृत्युदण्ड आवश्यक रहेको र अपिलका सबै माध्यम समाप्त भएपछि मात्र यसको प्रयोग गरिने बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ४० बजे

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?

काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : नेता पोखरेल

काठमाडौं– काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी