साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड « Khabarhub

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी समाचार संस्था एसपीएका अनुसार चार जना सोमाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएका छ ।

सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ । तीमध्ये १ सय ५४ जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको यो वर्षको अहिलेसम्मको गतिले राज्यलाई गत वर्ष दिइएका मृत्युदण्डको ३३८ घटनाको रेकर्डलाई तोड्ने देखिएको छ ।

विश्लेषकहरूले यो वृद्धिलाई सन् २०२३ मा सुरु गरिएको ‘लागूऔषधविरुद्धको युद्ध’ सँग जोडेका छन् । साउदी अरबमा ‘लागुऔषधविरुद्धको युद्ध’ को अभियानमा पहिलो पटक पक्राउ परेकाहरूमध्ये धेरैलाई कानुनी प्रक्रिया र दोषी ठहर भएपछि मात्र मृत्युदण्ड दिइएको छ ।

साउदी अरबले सन् २०२२ को अन्त्यमा लागूऔषधसम्बन्धी कसुरमा मृत्युदण्डको व्यवस्थालाई करिब तीन वर्षका लागि स्थगन गरेको थियो ।

एएफपीका अनुसार सन् २०२२ मा १९ जना, सन् २०२३ मा दुई जना र सन् २०२४ मा ११७ जनालाई लागूऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएको थियो ।

अधिकारकर्मीहरूका अनुसार साउदी अरबले मृत्युदण्डलाई निरन्तर अङ्गीकार गर्नुले राजकुमार मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ सुधार एजेन्डाको केन्द्रमा रहेको अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाएको छ ।

साउदी अधिकारीहरूले सार्वजनिक सुव्यवस्था कायम राख्न मृत्युदण्ड आवश्यक रहेको र अपिलका सबै माध्यम समाप्त भएपछि मात्र यसको प्रयोग गरिने बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ४० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले