भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च « Khabarhub

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि भएको पाइएको छ । भारतको राष्ट्रिय सूचकांक फ्रेमवर्क प्रगति प्रतिवेदनले सामाजिक सुरक्षा कार्यक्रम व्यापक बन्दै गएको देखिएको हो ।

प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार हाल भारतका ६४.३ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । यसअघि सन् २०१६ मा यो सङ्ख्या केबल २२ प्रतिशत रहेको थियो ।

त्यसैगरी, भारतमा बहुमुखी गरिबीमा रहेका जनसङ्ख्यामा पनि तीव्र गिरावट देखिएको छ । एएनआईका अनुसार सन् २०१५–१६ मा २४.९ प्रतिशत रहेको यस्तो जनसङ्ख्या हाल १५ प्रतिशतमा झरेको छ ।

त्यसैगरी, भारतमा खानेपानीको पहुँचमा रहेका जनसङ्ख्या पनि बढेका छन् । सन् २०१५–१६ मा यस्तो जनसङ्ख्या ९४.६ प्रतिशत रहेकोमा हाल यो ९९.६ प्रतिशत पुगेको छ ।

यस तथ्याङ्कले समावेशी आर्थिक वृद्धिप्रति भारत सरकारको प्रतिबद्धता पुष्टि गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : २२ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको