छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान « Khabarhub

छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६०० वर्षपछि भएको हुन सक्ने अनुमान गरिएको छ । यो ज्वालामुखी विस्फोट गत हप्ता रूसको सुदूर पूर्वमा गएको ठूलो भूकम्पसँग सम्बन्धित हुन सक्ने वैज्ञानिकहरूको अनुमानलाई उद्धृत गर्दै रूसको आरआईए राज्य समाचार एजेन्सीले समाचार प्रकाशित गरेको छ ।

सीएनएनमा प्रकाशित समाचार अनुसार ‘यो ६०० वर्षमा पहिलो पटक ऐतिहासिक रूपमा पुष्टि भएको क्राशेनिनिकोभ ज्वालामुखी विस्फोट हो,’ आरआईएले कामचट्का ज्वालामुखी विस्फोट प्रतिक्रिया टोलीकी प्रमुख ओल्गा गिरिनालाई उद्धृत गर्दै भनेको छ ।

गिरिनाले भनिन्, ‘यो विस्फोट बुधबारको भूकम्पसँग सम्बन्धित हुन सक्छ जसबाट फ्रान्सेली पोलिनेसिया र चिलीसम्म सुनामी आउन सक्ने चेतावनी दिइएको थियो । चेतावनीपछि कामचट्का प्रायद्वीपको सबैभन्दा सक्रिय ज्वालामुखी क्ल्युचेभस्कोयको विस्फोट भएको थियो ।

ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानको टेलिग्राम च्यानलमा गिरिनाले भनिन् ‘क्राशेनिनिकोभको अन्तिम लाभा उत्सर्जन १४६३ मा भएको थियो – ४० वर्ष भन्दा बढी वा घटी – र त्यसबेलादेखि कुनै विस्फोट भएको थाहा छैन ।’

रुसको आपतकालीन सेवा मन्त्रालयको कामचट्का शाखाले ज्वालामुखी विस्फोटपछि ६००० मिटर (३.७ माइल) माथिसम्म खरानीको मुस्लो उठेको रेकर्ड गरिएको बताएको छ । ज्वालामुखी १८५६ मिटरमा रहेको छ ।

‘खरानीको बादल पूर्वतिर प्रशान्त महासागरतिर सरेको छ । यसको बाटोमा कुनै पनि बस्ती छैन ।’ मन्त्रालयले टेलिग्राममा भनिएको छ ।

ज्वालामुखी विस्फोटनलाई सुन्तला रङ्गको उड्डयन कोडका रुपमा लिइएको छ, जसले विमानको लागि बढ्दो जोखिमलाई सङ्केत गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : २८ बजे

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?

काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : नेता पोखरेल

काठमाडौं– काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी