राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी : जो मान्छे संविधान मान्दैनन्, तिनैले संसद अवरोध गरिरहेका छन् « Khabarhub

राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी : जो मान्छे संविधान मान्दैनन्, तिनैले संसद अवरोध गरिरहेका छन्


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र राजावादी र अराजकतावादीको उपस्थितिका कारण देशको व्यवस्था र प्रणालीमाथि समस्या उत्पन्न भएको र प्रतिछाप परेको बताएका छन् ।

आइतबार ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादी दल र अराजकतावादलाई लक्षित गर्दै प्रणाली बचाउन निर्मम हुनुपर्ने बताए । ओलीले संविधान नमान्ने र लोकतन्त्र नमान्ने मान्छेले संसद अवरोध गरेको बताए ।

‘हामी नरममा अत्यन्त नरम, डेमोक्रेसीका लागि हामीले ‘टफ’ हुनुपर्छ । प्रणाली बचाउन टफ हुनुपर्छ । जो संविधान मान्दैन, प्रणाली मान्दैन लोकतन्त्र मान्दैनन ती मान्छे संसदमा छन् र त्यस्ता मान्छेले संसद अवरोध गरिरहेका छन् । तिनीहरूलाई संसद चाहिएकै छैन त ।’ ओलीले भने, ‘उनीहरूलाई अर्कै सिस्टम चाहिएको छ कसैलाई एनार्किजम (अराजकतावाद), कसैलाई राजतन्त्र चाहिएको छ, संसद किन चाहियो ?’

राजावादी र अराजकतावादीले संसद देख्न सुन्न नचाहेको बताए । उनले त्यस्ता मान्छे संसदभित्रै पसेर भत्काउने र बाहिरबाट पनि भत्काउने काममा लागेको बताए ।

‘बाहिरबाट मात्रै होइन कि भित्रै पसेर भत्काउने भित्रै पसेर आगो बाल्ने सोचमा भएका मान्छे पनि भएपछि अनि प्रणालीमा समस्या उत्पन्न हुँदैन ?’ ओलीले प्रश्न गरे, ‘एनार्किस्टले बुथ कब्जा गर्दैन ? के गर्दैन ?’

ओलीले पुराना पार्टीहरूमा समेत त्यस्ता कमजोरी रहेकाले ती कमजोरीलाई हटाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले नयाँ शक्तिहरूलाई संविधान र कानूनभित्र अधिकारको प्रयोग गर्न सबै स्वतन्त्र छन् भनेर बताउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ५३ बजे

बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू)

काठमाडौं– रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका