बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ  « Khabarhub

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै पनि कानुन नबनाउन सरकारसँग माग गरेका छन् ।
 
अखिल नेपाल महिला सङ्घका कावा अध्यक्ष मेनका पोख्रेल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घका अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ, क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, अखिल नेपाल महिला सङ्घ (समाजवादी) का महासचिव राजेन्द्रलक्ष्मी गैरे र क्रान्तिकारी महिला सङ्घ नेपालका सहसंयोजक शारदा महतले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उक्त माग गरेका हुन् । 

‘महिलाविरुद्ध ल्याउन लागिएको प्रतिगामी कानुनप्रति नेपालका महिला सङ्गठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ, यस प्रकारको संशोधन महिलालाई स्वीकार्य हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को मर्मअनुसार नभएको विभेदपूर्ण कानुन नल्याउन सरकारसँग जोडदार माग गर्दछौँ, अन्यथा, हामी सङ्घर्षमा जान बाध्य हुनेछौँ ।’ 

यो पनि-

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ३९ बजे

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर