बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा | Khabarhub Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले आइतबार एक सम्बोधनसँगै पदबाट राजीनामा दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले मुख्यमन्त्री पदबा६ राजीनामा दिएको जानकारी उनले दिएका छन् । उनले देउवासँगको संवादपछि सशर्त पदबाट राजीनामा दिएका हुन् ।

२०८१ साउन ८ गते मुख्यमन्त्री बनेका लामाले एक वर्ष ९ दिन सरकार चलाए । आइतबार साँझ मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएपछि लामाले राजीनामा दिए ।

लामा बागमती प्रदेशमा तामाङ समुदायबाट मुख्यमन्त्री बनेका पहिलो नेता हुन् । उनले कार्यकालभर इमान्दरपूर्वक काम गरेको बताए । आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको गुनासो पनि उनले गरे ।

सभापति देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिनुपर्ने अडान राखेका थिए।

मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए । 

तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारका अनुसार नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको थियो।

मुख्यमन्त्री लामा साउन १४ गते पार्टीका प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसँग दलको नेतामा पराजित भएका थिए । दलको नेताका लागि निर्वाचन हुनुअघि उनले आफूनिकट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । 

दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामालाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब परेको थियो । उनलाई सभापति देउवाले बिहीबार बेलुकी निवासमा बोलाएर मार्गप्रशस्त गर्न भनेका थिए । 

सभापति देउवाले शनिबार दलको नेतामा निर्वाचित प्रदेशसभा सदस्य बानियाँ, मुख्यमन्त्री लामालाई एकसाथ राखेर निकास निकालेका हुन् । बूढानीलकण्ठ छलफलमा लामाको पक्षमा रहेका १४ जना सांसदहरू पनि सहभागी थिए । त्यसपछि आइतबार लामाको राजीनामा आएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ३७ बजे

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा