बलोचिस्तानमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको खुलासा « Khabarhub

बलोचिस्तानमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको खुलासा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको पाइएको छ । बलोच राष्ट्रिय अभियानको मानव अधिकार विभाग पाङ्कले यस्तो जानकारी दिएको हो ।

पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२५ को जुन महिनामा बलोचिस्तानमा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको विवरण समावेश छ । यी घटना प्रान्तका १४ जिल्लामा दर्ता भएको जनाइएको छ ।

त्यसबाहेक राजधानी इस्लामावाद र कराँची शहरबाट पनि केही बलोचहरु जबरजस्ती बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै बेपत्ता पारिएका घटना केच र मस्तुङ जिल्लामा दर्ता भएको छ । पछिल्लो समय बलोच समुदायका व्यक्तिलाई लक्षित गरी पाकिस्तानका विभिन्न स्थानहरुमा ज्यादती पनि बढ्दै गएको पाङ्कले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : २६ बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको