बलोचिस्तानमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको खुलासा « Khabarhub

बलोचिस्तानमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको खुलासा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको पाइएको छ । बलोच राष्ट्रिय अभियानको मानव अधिकार विभाग पाङ्कले यस्तो जानकारी दिएको हो ।

पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२५ को जुन महिनामा बलोचिस्तानमा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको विवरण समावेश छ । यी घटना प्रान्तका १४ जिल्लामा दर्ता भएको जनाइएको छ ।

त्यसबाहेक राजधानी इस्लामावाद र कराँची शहरबाट पनि केही बलोचहरु जबरजस्ती बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै बेपत्ता पारिएका घटना केच र मस्तुङ जिल्लामा दर्ता भएको छ । पछिल्लो समय बलोच समुदायका व्यक्तिलाई लक्षित गरी पाकिस्तानका विभिन्न स्थानहरुमा ज्यादती पनि बढ्दै गएको पाङ्कले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : २६ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण