चीनका ठूला उद्योगको नाफामा गिरावट « Khabarhub

चीनका ठूला उद्योगको नाफामा गिरावट


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको पाइएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, वार्षिक मुख्य व्यापार आम्दानी कम्तीमा दुई करोड युआन वा सोभन्दा बढी हुने औद्योगिक कम्पनीहरूको संयुक्त नाफा जनवरीदेखि जुन महिनासम्मको अवधिमा तीन खर्ब ४४ अर्ब युआन पुगेको छ ।

उक्त अवधिमा ती कम्पनीहरूको कूल आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको देखिएको कार्यालयले जनाएको छ ।

जुन महिनाको मात्रै तथ्याङ्कलाई आधार मान्दा ती ठूला औद्योगिक कम्पनीहरूको नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.३ प्रतिशतले घटेको छ । यद्यपि, यो गिरावट मे महिनाको तुलनामा केही कम भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक