चीनका ठूला उद्योगको नाफामा गिरावट « Khabarhub

चीनका ठूला उद्योगको नाफामा गिरावट


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको पाइएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, वार्षिक मुख्य व्यापार आम्दानी कम्तीमा दुई करोड युआन वा सोभन्दा बढी हुने औद्योगिक कम्पनीहरूको संयुक्त नाफा जनवरीदेखि जुन महिनासम्मको अवधिमा तीन खर्ब ४४ अर्ब युआन पुगेको छ ।

उक्त अवधिमा ती कम्पनीहरूको कूल आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको देखिएको कार्यालयले जनाएको छ ।

जुन महिनाको मात्रै तथ्याङ्कलाई आधार मान्दा ती ठूला औद्योगिक कम्पनीहरूको नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.३ प्रतिशतले घटेको छ । यद्यपि, यो गिरावट मे महिनाको तुलनामा केही कम भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको