कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक « Khabarhub

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धन मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरूले उक्त कृतिको सार्वजनिक गरे ।

शिक्षण पेसाबाट निवृत्त जिरेलको कविता सङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चले प्रकाशन गरेको हो । यसमा प्रकृति, संस्कृति र जीवनशैलीसम्बन्धी विभिन्न ७१ कविता समावेश छन् । जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको सङ्ग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेखेका छन् ।

संग्रहको समीक्षा गर्दै कवि ज्योति जङ्गलले सरलताबाट कविता सङ्ग्रह सुरु भएको बताए । उनले भने, “कविताहरू सरलताबाट सुरु भएर दर्शनमा पुगेर अन्त्य हुन्छन् । कविले अरूको पीडा लेख्ने मात्र नभएर माटो र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई गहिरो रूपमा अभिव्यक्त गर्नुभएको छ ।”

सङ्ग्रहमा कविले प्रेमिल राष्ट्रवाद, राजनीतिक सङ्घर्ष, जिरीको ऐतिहासिक महत्व र पर्यटन प्रवर्द्धनको आवश्यकतालाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको तथा जिरी खुम्तीको सौन्दर्य, माटोको आवाज र कर्मशील युवाको हुँकारका रूपमा व्यक्त भएको चर्चा गरियो ।

पुस्तकका प्रकाशक लिलाराम खड्काले सङ्ग्रहलाई साहित्यिक पर्यटनको अभियानसँग जोड्न खोजिएको बताए । उनले भने, “हामीले माटोलाई शब्दमा बाँध्ने प्रयास गरेका छौँ, जसले पाठकलाई पर्यटनप्रति नयाँ दृष्टिकोण दिन सक्छ ।”

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पनि पुस्तकको महत्वबारे चर्चा गरे। “कवितामार्फत जिरीजस्तो पर्यटनस्थललाई राष्ट्रिय भावनासँग गाँसिएको देख्दा गर्व लागेको छ । जिरीसिक्री केवल भौगोलिक ठाउँ होइन, चेतनाको प्रतिनिधि बनेको छ”, उनले भने ।

सङ्ग्रहका लेखक जिरेलले कविता सङ्ग्रहमार्फत आफ्रले समाजमा अनुशासन, प्रकृतिसँगको सामीप्यता र मातृभूमिप्रतिको प्रेमको सन्देश दिन खोजेको बताए । उनले भने, “यो सङ्ग्रह मेरो माटोप्रतिको समर्पण हो । जिरी मेरो आत्मा हो, जसलाई मैले कवितामार्फत बोलेको छु ।”

वक्ताहरूले ‘जिरीसिक्रीका सुसेली’ नेपाली साहित्यमा केवल पर्यटनप्रेम मात्र नभई माटो र मनको आत्मीयता मिसिएको मौलिक स्वरुपको कविता सङ्ग्रहका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ३० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक