बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १८ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ३४ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’