शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’ « Khabarhub

शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका सुपरस्टार शाहरुख खान र ग्लोबल आइकन प्रियंका चोपडाका फिल्मलाई सधैं फ्यानले अपार माया दिएका छन्। तर अब यी दुई कलाकारको बाटो फरक भए पनि उनीहरूलाई जोड्ने एउटा अधूरो कथा पुनः चर्चामा आएको छ।

भारतीय मिडिया रिपोर्टअनुसार प्रियंका चोपड़ाले आफ्नै प्रोडक्सन हाउस (पर्पल पेबल पिक्चर्स) अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय प्रोजेक्ट सुरु गरेकी छिन्। यो भारत र स्विडेनको सहकार्यमा बन्ने डक्युमेन्ट्री हो, जसको नाम ‘द साइक्ल अफ लभ’ राखिएको छ।

विशेष कुरा के भने- यो कथा पहिले शाहरुख खानलाई लिएर बलिउडमा बनाउन खोजिएको थियो। डक्युमेन्ट्रीको कथा दिल्लीका चर्चित स्ट्रीट आर्टिस्ट पीके महानन्दिया वरिपरि घुम्छ। उनले सन् १९७७ मा आफ्नी स्विडेनकी प्रेमिकासँग भेट गर्न ६ हजार माइल (९,६५६ किलोमिटर) लामो दूरी साइकिल मार्ग हुँदै तय गरेका थिए।

एउटा साधारण युवक, जोसँग मुट्ठीभर पेन्टब्रस र सेकण्डह्याण्ड साइकिल मात्र थियो, तर आफ्नी प्रेमिकाको खोजीमा उनले एशिया हुँदै युरोपसम्मको यात्रालाई सम्भव बनाए। यो कथा केवल भारतमै नभई विश्वकै सबैभन्दा रोमान्टिक यात्रामध्ये एक मानिन्छ।

यस डक्युमेन्ट्रीलाई ओर्लान्डो भोन आइन्सिडेलले निर्देशन गरिरहेका छन्। ओर्लान्डो त्यही फिल्ममेकर हुन् जसको सीरियाली युद्धमाथि बनेको ‘द व्हाइट हेल्मेट्स’ डक्युमेन्ट्रीले सन् २०१७ मा ओस्कार जितेको थियो।

यस कारण ‘द साइक्ल अफ लभ’ लाई अन्तर्राष्ट्रिय स्तरमै महत्त्वपूर्ण प्रोजेक्टको रूपमा हेरिएको छ। यही कथासँग बलिउडको एउटा अधूरो सपना पनि जोडिएको छ।

सन् २०१३ मा चर्चित निर्देशक संजय लीला भन्साली ले यसै विषयमा इजहार नामक फिल्म बनाउन योजना बनाएका थिए। त्यसबेला शाहरुख खानलाई पीके महानन्दियाको भूमिकामा देखाउने तयारी भएको थियो।

फिल्ममा उनले आफ्नी प्रेमिकाको खोजीमा हजारौं किलोमिटरको साइकिल यात्रा गर्ने युवकको भूमिका निर्वाह गर्ने थिए। तर अज्ञात कारणले गर्दा यो फिल्म बीचमै रोकियो र कहिल्यै पर्दामा आउन सकेन।

अब त्यही अधूरो कथालाई प्रियंका चोपड़ाले नयाँ जीवन दिएकी छिन्। उनले यसलाई फिल्म नभएर डक्युमेन्ट्रीमार्फत विश्वसामु ल्याउँदैछिन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : ४४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५