चौताराका किसान किबीखेतीमा आकर्षित « Khabarhub

चौताराका किसान किबीखेतीमा आकर्षित


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चौतारा– अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैँचीखेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।
 
पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्थे। तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन् न तयारी अलैँची बिक्री नै गर्छन्।

जिल्लाका अलैँची किसानलाई यो व्यवसाय सिकाएका  शाक्यले जिल्लाभरि नै अलैँची बिरुवा वितरण गर्थे । तर अहिले यो व्यवसाय चटक्कै छाडेका छन्  । अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उनी बताउँछन् । अलैँचीमा लाग्ने सिन्धुरो रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले अन्य पेसा नै छाडेको किसान शाक्य बताउँछन्। 

किसान शाक्यजस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् । केही किसानले किबी व्यवसाय थालेको उनले बताए । किबीखेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भए पनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन् ।

पछिल्लोपटक किवी व्यवसाय थालेका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तीमा रु पाँच हजार खर्च गर्नुपर्छ । तीन वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट वार्षिक ७० किलोसम्म उत्पादन हुने शाक्य बताउँछन्। उनका अनुसार कम्तीमा १० वर्षसम्म फल दिने किबीको अहिले बजार मूल्य किसानबाटै प्रतिकिलो तीन सयदेखि पाँच सयसम्म बिक्री हुने गरेको छ । 

केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबीखेतीमा बदलिएको छ । गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : ३५ बजे

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो