पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो « Khabarhub

पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो

पुटिनको जवाफ : रुस-उत्तर कोरिया अब साँचो गठबन्धनमा


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको राजधानी बेइजिङमा सम्पन्न ‘भिक्ट्री डे’ सैन्य परेडपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच एक घण्टा लामो वार्ता भएको छ।

रूसी सरकारी सञ्चारमाध्यम तासका अनुसार बन्द कोठामा एक घण्टाभन्दा बढी चलेको वार्तामा दुवैले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए।

पुटिनले किमलाई धन्यवाद दिँदै भने, ‘उत्तर कोरियाली विशेष दस्ताहरूले कुर्स्क क्षेत्रलाई स्वतन्त्र बनाउन ठूलो योगदान दिएका छन्। उनीहरूको साहस र बलिदानलाई हामी कहिल्यै बिर्सने छैनौँ ।’

उनले रूस–उत्तर कोरिया सम्बन्ध अब ‘साँचो गठबन्धन’मा रूपान्तरण भइसकेको पनि बताएका छन् ।

किमले पुटिनलाई धन्यवाद दिए । ‘रूसलाई सहयोग गर्नु हामी दाजुभाइको कर्तव्य हो। हामी जसरी सकिन्छ, सहयोग र समर्थन गरिरहनेछौं’, उनले भने । युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाले आफ्ना सैनिक रसियन सैनिकसँगै उतारेको सन्दर्भमा किमको यो भनाइ आएको हो ।

उनले सन् २०२४ जुनमा भएको ऐतिहासिक सम्झौतापछि दुई देशबीच सहयोग मजबुत बनेको उल्लेख गरे। उक्त सम्झौता आपसी सुरक्षा केन्द्रित थियो, जसलाई किमले ‘अहिलेसम्मकै सबैभन्दा बलियो सन्धि’ भनेका थिए।

किमले बैठकमा रूस–उत्तर कोरियाले विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्नुपर्ने बताए। पुटिनले पनि यसमा सहमति जनाउँदै दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा उकास्ने संकेत दिए।

यस वार्ताले रूस र उत्तर कोरियाबीचको गठबन्धन केवल सुरक्षा क्षेत्रमा सीमित नभई राजनीतिक, सैन्य र आर्थिक सहयोगसम्म विस्तार हुँदै गएको देखाएको छ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  १ : २७ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली