विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी « Khabarhub

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने)गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मंगलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो । जैरको माझ गाउँवासीले गाउँपालिका र वडाले आफूहरूसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै आन्दोलन गर्नुपरेको प्रयागलाल बुढाले बताए। 

यस्तै सिर्जनशील प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले माझ गाउँवासीलाई मात्रै नभएर आफूलाई समेत कुनै जानकारी नगराइ विद्यालय समायोजन गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् । माझ गाउँका लागि २०६८ सालमा स्थापना भएको विद्यालय कुनै पनि हालतमा समायोजन गर्न नदिन यहाँका अधिकांश अभिभावक लागिपरेका छन् । 
   
विद्यालय समायोजन निर्णयविरुद्ध अभिभावकहरू आन्दोलनमा उत्रिँदै वडा कार्यालय बन्द गरेपछि वडाबाट हुने सम्पूर्ण कामकाज दुई दिनदेखि ठप्प रहेको वडाध्यक्ष बलबहादुर कार्कीले बताए। 

सिर्जनशील प्राविमा अध्ययनरत ५२ विद्यार्थीमध्ये २७ विद्यार्थी बिहानीमा अध्ययन गर्दै आएका र बाँकी २५ मात्रै विद्यार्थी भएको हुँदा सबै पायक पर्ने भएर बिहानीमा यो विद्यालय समायोजन गरिएको वडाध्यक्ष कार्कीले बताए। सबै विद्यार्थी बिहानी जाने भएको हुँदा विद्यालय समायोजन र कर्मचारी पदास्थानको पत्र वडामा आइपुगेको उनको भनाइ थियो । 
   
सिर्जनशील विद्यालय दुई वर्षअघि नै बिहानीसँग समायोजन गर्ने सहमति भएको थियो । अहिले आएर यहाँका अभिभावक आन्दोलित बनेका छन् ।
 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ४५ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स