शाकाहारी र मांसहारी हुनुले क्यान्सर संक्रमणमा कति फरक पर्छ ? | Khabarhub Khabarhub

शाकाहारी र मांसहारी हुनुले क्यान्सर संक्रमणमा कति फरक पर्छ ?

विज्ञ भन्छन्– मांसहारीलाई धेरै जोखिम 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय क्यान्सर रोग नेपाल लगायत विश्वकै लागि प्रमुख स्वास्थ्य चुनौतीको विषय बनेको छ । मुटुरोग पछि मृत्युको दोस्रो कारण बनेको क्यान्सरबाट वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । दुषित पर्यावरण, हाम्रा अस्वस्थ बानी व्यवहार, खानपानका कारणले क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनी बढ्दो क्रममा छ । 

विभिन्न कारणमध्ये रातो मासु वा प्रशोधित मासु धेरै खानुले पनि क्यान्सरको जोखिम धेरै हुन्छ भनेर धेरै वैज्ञानिक अनुसन्धानमा भनिएको छ । तर केही दिनअघि पूर्वगृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय धेरै शाकाहारीहरुमा क्यान्सर देखिएको बताएपछि यो सबैको चासोको विषय बनेको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठले नेपालबाट भारतमा उपचारका लागि जाने सर्वाधिक क्यान्सर रोगी भेजिटेरियन भएको पाइएको बताएका थिए । 

भारतको एक क्यान्सर अस्पतालको तथ्यांकअनुसार नेपालबाट उपचारका लागि भारत जाने क्यान्सरका अधिकांशबिरामी शाकाहारी अर्थात भेजिटेरियन रहेको उनको भनाई थियो । 

शाकाहारीले तरकारी धेरै खाने र अहिलेका तरकारीहरूमा विषादीको मात्रा धेरै हुने भएकाले यो समस्या आएको उनले बताए । आफ्नो जन्म जिल्ला गोर्खाको घ्याल्चोक बस्तीको उदाहरण दिँदै श्रेष्ठले त्यो बस्तीमा बसोवास गर्नेहरूले व्यवसायिक तरकारी खेती गरे । जसमा केमिकल फर्टिलाइजरको बढि भयो । त्यही तरकारीको उपभोग गरेका घ्याल्चोक बस्तीका सबै घरमा अहिले क्यान्सरका बिरामी छन् । 

 त्यसैले केमिकल मलको प्रयोग कम गर्दै गएर अन्त्य गर्नुपर्छ । अर्गानिक मलको उपयोगमा जानुपर्छ । माटो बचाएर मानव स्वास्थ्य बचाउनुुपर्नेमा उनले जोड दिएका छन् । श्रेष्ठको यो भनाइले त्यो रिपोर्टमाथि प्रश्न उठाएको छ कि के मांशाहारीलाई क्यान्सरको जोखिम कम हुने हो त ?तर बिज्ञहरु भने यो तर्कमा सहमत छैनन् । श्रेष्ठको यो भनाइमा पुष्टि हुने कुनै आधार नभएको विज्ञहरू बताउँछन् । 

अध्ययनमा के भनिएको थियो ?

श्रेष्ठले आफ्नो भाषणमा अस्पतालको नाम र अध्ययनबारे केही खुलाएका छैनन् । तर एप्लाइड फिजियोलोजी, न्यूट्रिसन एण्ड मेटाबोलिजममा प्रकाशित एउटा अध्ययनमा मासु खाँदा क्यान्सरको जोखिम कम हुने देखाएको छ । 

यो अमेरिकीहरुमा गरिएको सर्वेक्षणको रिपोर्ट हो । राष्ट्रिय स्वास्थ्य तथा पोषण परीक्षणको उक्त सर्वेक्षणमा १९ वर्षमाथिका १६ हजार वयस्क सहभागी रहेका थिए । अध्ययनको सर्वेक्षणका सहभागीले जनावर र वनस्पतिको प्रोटिन कति उपभोग गर्छन् । क्यान्सर, मुटुरोग अथवा अन्य कारण उनीहरूको मृत्यु हुने जोखिमबारे शोध गरिएको थियो ।

जनावरको प्रोटिन उपभोग गर्दा मृत्युको जोखिम बढ्ने अध्ययनमा देखिएको थिएन । बरु धेरै जनावरको प्रोटिन सेवन गर्दा क्यान्सरबाट मृत्यु हुने जोखिममा थोरै तर महत्वपूर्ण कमी आएको देखिएको थियो ।

 मासु खानेलाई बढी जोखिम हुन्छ : विज्ञ

क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णका अनुसार पछिल्लो समय विभिन्न तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीहरूले क्यान्सरको जोखिमलाई बढाएको छ, यो सत्य हो । तर तरकारी खानेलाई जोखिम धेरै मासु खानेलाई जोखिम कम हुन्छ भन्ने हुँदैन । 

अहिलेसम्मका विभिन्न अध्ययनअनुसार मासु खाने व्यक्तिमा क्यान्सर मात्रै होइन, अन्य धेरै प्रकारका रोगहरूको जोखिम हुने देखिएको उनले बताए । भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे भन्छन् – हामीले पढेको त यसको ठिक विपरित हो । क्यान्सर मात्रै होइन सुगर, प्रेशर कोलेस्ट्रोल लगायतका रोगहरूको जोखिम धेरै हुन्छ भनिन्छ शाकाहारीलाई क्यान्सरको जोखिम धेरै हुन्छ भनेर अहिलेसम्म पुष्टि भएको छैन ।

माछा, मासु खाँदा विभिन्न रोगको जोखिम धेरै हुने भएकाले धेरैले तरकारी खान थाले । तर त्यही तरकारीमा विभिन्न खालका विषादीको प्रयोग हुने भएकाले शाकाहारी पनि जोखिममा छन् भन्न खोजिएको जस्तो लाग्यो उनले भने । 

कुनै गाउँमा धेरै क्यान्सरका बिरामीहरू देखिए त्यहाँ व्यवसायिक तरकारी खेती गरिएको थियो । त्यही तरकारी खाएर सबैलाई क्यान्सर भयो भन्न नमिल्ने डा. चालिसेको तर्क छ । 

किनकी त्यो पुष्टि गर्न धेरै अनुसन्धान गर्नुपर्छ, जसको आफ्नै मापदण्ड छन् । ती मापदण्ड पुरा गरेर पुष्टि भयो र त्यो गाउँका हजारौं व्यक्तिहरूमा क्यान्सर देखिएको छ भने तरकारीका कारणले क्यान्सर फैलिएको हो भन्न मिल्छ । तर २–४ जनामा क्यान्सर देखिँदैमा तरकारीकै कारण उनीहरूलाई क्यान्सर भयो भन्न नमिल्ने उनले बताए । 

केही रसायनले क्यान्सरको जोखिम बढाउँछ भन्ने सत्य हो । तर त्यस्ता खालका रसायन प्रयोग अहिले धेरै कम भइसकेको डा. चालिसे बताउँछन् । फलानोले केही पनि खाँदैनथ्यो त्यसलाई क्यान्सर कसरी भयो ? जाँड रक्सी चुरोट खाने मान्छेलाई किन क्यान्सर भएन ? भन्ने जिज्ञासा धेरैमा छ । तर प्रमाणित कसैले पनि गरेको छैन । किनकी क्यान्सर हुने एउटा मात्रै कारण छैन । 

 खानपान, रहनसहन, जेनेटिक्स लगायत धेरै कारणले हुनसक्छ । मासु धेरै खानेलाई हुने नखानेलाई नहुने भन्ने हुँदैन । हाम्रो वरिपरि के कारणले देखिएको छ । सबैलाई त्यही कारणले क्यान्सर देखिएको हो भन्न मिल्दैन उनले भने ।  

तर स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य सेवा विभाग, तथ्याङ्क विभाग लगायतका सरकारी निकायहरूले लामो अध्ययन अनुसन्धान गरेर प्रमाणित गरे र हजारौंको सङ्ख्यामा त्यो कारण देखिएको छ भने हामीले मान्नुपर्छ । तर अहिले उहाँले कुन आधारमा भन्नुभयो त्यो हामीलाई थाहा भएन डा. चालिसेले भने ।  

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : १९ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको