रावणको तीन वटा प्रतिमा दहन « Khabarhub

रावणको तीन वटा प्रतिमा दहन


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा आज विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ ।

रामले रावणमाथि आजकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ ।

यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर १ मा अवस्थित वरुण सरोवरको पूर्वी उत्तरी डीलमा विशाल काया भएको रावणका ५१ फिट अग्ला तीन वटा प्रतिमाहरु निर्माण गरिएको दुर्गा पूजा समिति जलेश्वरका अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

ती प्रतिमा भारतको मुज्जफरपुरबाट आएका सातजना कलाकारहरुको टोलीले २० दिन लगाएर निर्माण गरेका थिए । प्रतिमा निर्माणमा बाँस, रंगिचंगी पताका तथा विष्फोटक पदार्थ प्रयोग गरिएको दुर्गा पुजा समितिले जनाएको छ ।

बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मदतबाट निर्माण गरिएको रावणको पुतलामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रर्दशन गरिएको थियो ।

रावणको प्रतिमा बनाउँदा टाउको, शरीर तथा खुट्टागरी तीन भागमा बनाइएको थियो । मर्यादा पुरूषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले तीर धनुषबाट तीर रावणको नाभीमा हानेपछि रावणकोे पुतला दहन गरिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ६ : १८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने