हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा राति सवारी सञ्चालनमा रोक « Khabarhub

हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा राति सवारी सञ्चालनमा रोक


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गतेसम्म अपराह्न ४ देखि बिहान ६ बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौं सडकमा अपराह्न ५ देखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ । (रासस)

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : १४ बजे

पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा

जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि र विशेष संरचना तयार

काठमाडौं– अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल,

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि

सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह (तस्बिरहरू)

काठमाडौं– आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट