नालामा पर्खाल निर्माण नहुँदा विद्यालयका बालबालिका जोखिममा « Khabarhub

नालामा पर्खाल निर्माण नहुँदा विद्यालयका बालबालिका जोखिममा


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ वैशाखास्थित श्रीराम आधारभूत विद्यालयमा पर्खालको अभावमा उच्च जोखिममा रहेको छ । विद्यालय तीन तर्फबाट प्राकृतिक  नालाले घेरिएको छ । 

वर्षाका बेला नालामा पानी भरिँदा पूरै विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विखलु चौधरीका अनुसार नालातर्फ पर्खाल र तटबन्ध नबन्दा विद्यार्थी नालामा खसेर दुर्घटनामा पर्ने जोखिम अत्यधिक छ । 

‘शिक्षकको सतर्कताले अहिलेसम्म जोगाइरहेका छौँ, तर कुन दिन दुर्घटना हुन्छ, भन्ने निश्चित छैन’, उनले भने, ‘वर्षात्मा नाला भरिँदा विद्यालय परिसर नै जलमग्न हुने गर्छ, त्यतिबेला पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिनुपर्ने बाध्यता हुन्छ ।’ नालाको कटानका कारण विद्यालयका भवनसमेत धसिँदै गएको र जीर्ण संरचनामै पढाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

विद्यालयमा रहेको हेण्डपम्पबाट आइरन र आर्सेनिकयुक्त पानी आउने गरेको छ । गहिरो ह्याण्डपम्प जडान गर्न आर्थिक अभावले नसकिएको अध्यक्ष चौधरीको भनाइ छ । ‘वडा कार्यालय र नगरपालिकामा पटक–पटक माग राख्दा पनि सुनुवाइ हुन सकेको छैन’, उनले गुनासो गरे।

विद्यालयमा हाल करिब १०० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी मुक्त कमैया, मुक्त हलिया र शुक्लाफाँटा आरक्ष पीडित परिवारका हुन् । विपन्नता र जीविकोपार्जनका लागि भारतमा मजदुरी गर्न जाने बाध्यता भएकाले अभिभावकले विद्यालय पूर्वाधार निर्माणमा आर्थिक योगदान दिनसक्ने अवस्था छैन ।

हाल विद्यालयमा दुई शिक्षक, दुई बालविकास सहजकर्ता र एक परिचर कार्यरत छन् । कक्षा ३ सम्म मात्र पढाइ हुने यो विद्यालयलाई स्तरोन्नति गर्ने प्रयास भइरहेको समितिले जनाएको छ 

। स्थानीय सरोकारवाला निकायमा पटक–पटक माग पु¥याउँदा पनि सुनुवाइ नभएको भन्दै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको जीवनरक्षा र पठनपाठन सहज बनाउन नालातर्फ पर्खाल तथा तटबन्ध तत्काल निर्माण गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १ : ०६ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका