ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू « Khabarhub

ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन पार्टीको सत्ता छाड्न आग्रह गरेको छ । 

परिषद्ले सचिवालयको बैठक नै गरेर ओलीलाई एमालेको अध्यक्षबाट बिदा हुन सुझाव दिएको हो । परिषद्ले असोज १ गते सचिवालय बैठक बसी वर्तमान परिस्थितिमाथि निर्मम ढंगले समीक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको हो । 

पार्टी अध्यक्ष ओलीका नाममा सम्बोधन गरिएको सुझाव सम्बन्धी तीन पानाको तीन बुँदे पत्र परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको उनी निकट स्रोतले जनाएको छ । अध्यक्ष ओलीलाई नै सुझाव हस्तान्तरण गर्ने तयारी भएको भए पनि परिस्थिति प्रतिकुल भएकाले महासचिवलाई हस्तान्तरण गरिएको बुझिएको छ ।

परिषद्ले सुझावको पहिलो नम्बरको बुँदामा नै ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने बताएको छ । सुझावमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न भनिएको छ ।

सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सुन्न समेत नचाहेको कुरा परिषद्ले बैठक नै बसेर निर्णय गरी सुझावको रूपमा नेतृत्वलाई नै हस्तान्तरण गरेको हो । पार्टीको थिंक टयांक मानिने परिषद्ले घटना अघिको परिस्थितिको विश्लेषण गरी पार्टी र नेतृत्वलाई सुझाव दिन नसकेको आत्मसमीक्षा समेत गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ३ : ०५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको