ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू « Khabarhub

ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन पार्टीको सत्ता छाड्न आग्रह गरेको छ । 

परिषद्ले सचिवालयको बैठक नै गरेर ओलीलाई एमालेको अध्यक्षबाट बिदा हुन सुझाव दिएको हो । परिषद्ले असोज १ गते सचिवालय बैठक बसी वर्तमान परिस्थितिमाथि निर्मम ढंगले समीक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको हो । 

पार्टी अध्यक्ष ओलीका नाममा सम्बोधन गरिएको सुझाव सम्बन्धी तीन पानाको तीन बुँदे पत्र परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको उनी निकट स्रोतले जनाएको छ । अध्यक्ष ओलीलाई नै सुझाव हस्तान्तरण गर्ने तयारी भएको भए पनि परिस्थिति प्रतिकुल भएकाले महासचिवलाई हस्तान्तरण गरिएको बुझिएको छ ।

परिषद्ले सुझावको पहिलो नम्बरको बुँदामा नै ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने बताएको छ । सुझावमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न भनिएको छ ।

सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सुन्न समेत नचाहेको कुरा परिषद्ले बैठक नै बसेर निर्णय गरी सुझावको रूपमा नेतृत्वलाई नै हस्तान्तरण गरेको हो । पार्टीको थिंक टयांक मानिने परिषद्ले घटना अघिको परिस्थितिको विश्लेषण गरी पार्टी र नेतृत्वलाई सुझाव दिन नसकेको आत्मसमीक्षा समेत गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ३ : ०५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ