मधेसमा छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव « Khabarhub

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । 

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताए। 

उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५-७६ मा पाँच हजार ६६६, आव २०७८-७९ मा एक हजार ७०२, आव २०७९-८० मा तीन हजार ३०२ र आव २०८०-८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताए। एक जना छोरीको बिमा गर्दा ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्छ । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ३ : ५४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब