ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना « Khabarhub

ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज विधिपूर्वक पूजा गरी उक्त मूर्ति पुनःस्थापना गरेका हुन् ।

छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकोमा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए । उनले भने, ‘संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । आज हामीले मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेका छौँ ।’

काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा बाजागाजा र बग्गीसहितको र्‍यालीले आज मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेको छ ।

छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको उक्त चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको र पछि उक्त मूर्ति धोबीखोलामा भेट्टाइएको थियो ।

उक्त मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको वडाध्यक्ष सङ्गतले बताए । २०७२ साल वैशाख १२ को भूकम्पले जीर्ण बनाएको उक्त मन्दिरलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनर्निर्माणका लागि शिलान्यास गरेका थिए । ब्रह्मा मन्दिर इँट्टा माटो र काठबाट दुईतलाको प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १२ : ३३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको