‘परान’का निर्माता भन्छन्- कलेक्सन राम्रो छैन, दर्शकको प्रतिक्रिया राम्रो छ « Khabarhub

‘परान’का निर्माता भन्छन्- कलेक्सन राम्रो छैन, दर्शकको प्रतिक्रिया राम्रो छ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनरत फिल्म ‘परान’को सुरुवाती दुई दिनको व्यापार सुखद नरहेको निर्माता रञ्जित आचार्यले बताएका छन् ।

फिल्मको हल भिजिटका दौरान निर्माता आचार्यले दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पाउँदा पनि व्यापार सुखद नरहेको दाबी गरे ।

चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्स अफिस रिपोर्ट आफ्नो डिभाइसमा अपडेट भइनसकेको उनको भनाइ छ ।

झरी दर्शक हलसम्म आउने वातावरण प्रतिकुल बनेको र फिल्म हेर्दा दर्शक रोएको दृश्यले गलत सन्देश प्रवाह भएकाले ‘परान’को सुरुवाती व्यापार कमजोर भएको उनको बुझाइ छ ।

उनले भने, ‘सुरुमा झरी पनि बिथोल्यो । हाम्रो फिल्ममा पनि पहिलाकै जस्तो आशुको व्यापार भयो भन्ने दर्शकमा बुझाइ पनि भयो जस्तो लाग्छ ।’

यो फिल्म प्रदर्शनमा आउनु एक दिनअघि बिहीबारदेखि आइतबारसम्म झरी परेको थियो ।

तर, आफूहरूले फिल्मको व्यापारका लागि आशुको फन्डा नझिकेको उनको दाबी छ । उनी थप्छन्, ‘हाम्रो फिल्मले दर्शकलाई साँच्चिकै भावुक बनाएका कारण उहाँहरू रुनुभएको हो ।’

दर्शक स्वतःस्फूर्त रोएको सन्देश प्रवाह भएसँगै फिल्म हेर्न दर्शकको उपस्थिति बढेको उनको भनाइ छ ।

उनले भने, ‘पहिलो दिन हाम्रो फिल्मले ६४ सो पाएको थियो । शनिबार केही घट्यो । आइतबार हाउसफूल भएका हलहरूले नै सो बढाएका छन् । फिल्म साँच्चै राम्रो बनेको दर्शकले बुझ्दै हुनुहुन्छ । हलमा उहाँहरूको उपस्थिति बढ्दै छ ।’

दर्शक बढ्ने क्रम रहेकाले र सकारात्मक प्रतिक्रिया पाउने क्रम बढ्दो रहेकाले आफूहरू फिल्मको व्यापारबाट निरुत्साहित नभएको उनले बताए ।

उनले दाबी गरे, ‘हाम्रो फिल्ममा अग्र्यानिक रुपले दर्शक बढ्दै हुनुहुन्छ ।’

नीर शाह शीर्ष भूमिकामा रहेको यस फिल्ममा नायकहरू प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरू केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

यही फिल्मबाट दीपक आचार्य ‘काकु’ले निर्देशनमा डेब्यू गरेका छन् ।

उद्योगी/व्यापारी शेखर गोल्छा र रञ्जितको संयुक्त लगानी रहेको बाइस्कोप सिनेमा प्रालिले यो फिल्म निर्माण गरेको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १२ : ४८ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग