प्रकाश सपुत स्टारर ‘सोल्टिनी’को व्यापार बिगोज, ‘जेरी अन टप’को व्यापार साढे १० करोड « Khabarhub

प्रकाश सपुत स्टारर ‘सोल्टिनी’को व्यापार बिगोज, ‘जेरी अन टप’को व्यापार साढे १० करोड


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहार लक्षित गरी प्रदर्शनमा आएका चार मध्ये तीन फिल्मले दर्शकको साथ नपाएको देखिएको छ ।

कात्तिक ६ बाट प्रदर्शनमा आएका ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ र कात्तिक ७ बाट प्रदर्शनमा आएको ‘मैझारो’को बक्स अफिस रिपोर्ट हेर्दा यी फिल्म हेर्न दर्शकको संख्या कम देखिन्छ ।

असोज ३१ बाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टपले’ भने दर्शकबाट उच्च साथ पाएको हो ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले शनिबारसम्म १० करोड ५१ लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मका लागि ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको छ ।

सबैभन्दा कम दर्शको साथ पाउने फिल्म भने प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टिनी’ बनेको छ । यो फिल्मलाई जम्मा ८ हजार दर्शकले हेरेका छन् ।

बोर्डका अनुसार शनिबारसम्म यो फिल्मको ग्रस कलेक्सन मात्र २८ लाख ८० हजार रहेको छ । यो एकदमै कमजोर व्यापार हो ।

त्यस्तै, नायकहरु विजय बराल र दयाहाङ राई शीर्ष भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’ले दुई करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

कलाकार विल्सन विक्रम राईले डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’ले एक करोड ९५ हजार ग्रस कलेक्सन गरेको छ । यस फिल्ममा नायक धिरज मगर, नायिकाहरु मिरुना मगर र दिया पुन मगर शीर्ष भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : १६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको