शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्‍ने एमालेले चाँडै देखाउँछ | Khabarhub Khabarhub

शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्‍ने एमालेले चाँडै देखाउँछ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा चाँडै देखाइदिने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७, २८ र २९ गते एमालेले काठमाडौंमा ११ औँ महाधिवेशन गर्न लागेको बताए ।

उनले महाधिवेशनको उद्घाटन कार्यक्रममा इतिहासकै सबैभन्दा ठूलो सभा गर्ने घोषणा गरेका छन् ।

‘जनता प्रमुख दलबाट विमुख भएका छन् भनेर निर्माण गरिएको भाष्य गलत सावित गर्ने हिसाबले कात्तिक २२ गते हामी देशैभर सबै वडामा एकसाथ जनभेला गर्दै छौँ’, उनले भने, ‘२५ गते पालिका–पालिकामा जनर्‍याली गर्दैछौँ । २९ गते जिल्ला–जिल्लामा जनसभा हुन्छन् । काठमाडौं उपत्यकाको हकमा मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली र सभा आयोजना गर्दै छौँ ।’

उनले मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनासभा काठमाडौंमा आयोजना गरिने बताए । ‘हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्’, उनले भने ।

युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको उनले उल्लेख गरे ।

एमाले तीन पुस्ताको संयोजनबाट बनेको पार्टी भएको बताउँदै उनले महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट पारे।

युवाहरूको लागि सबैभन्दा बढी काम गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : २२ बजे

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको