काठमाडौं- यस वर्षको सेप्टेम्बर महिनामा मात्रै पाकिस्तानमा १ सय १३ जनालाई जबरजस्ती बेपत्ता पारिएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको जबरजस्ती बेपत्ता पारिएकाहरुको छानबिन गर्न गठित आयोगले सेप्टेम्बर २०२५ मा १ सय १३ जना बेपत्ता भएको जनाएको हो ।
पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार यीमध्ये १४ जना घर फर्केका छन् । सन् २०११ को मार्च महिनामा गठन भएयता आयोगमा हालसम्म १० हजार ६ सय ३६ वटा यस्ता बेपत्ताका घटना दर्ता भएको जनाइएको छ । यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनामा २ सय ८९ वटा यस्ता घटना भएका छन् ।
डनका अनुसार आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवारको पालणपोषणका लागि विशेष विभाग पनि गठन गरिएको छ ।
गत सेप्टेम्बर महिनामा नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री शहबाज शरिफ र आन्तरिक मामिलामन्त्री मोशिन नकभीलाई बेपत्ता पारिएकाहरुको खोजबिन गर्ने संयन्त्रमा व्यापक सुधार आवश्यक रहेको जनाएका थिए ।













प्रतिक्रिया