स्पेनिस ला लिगा : बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। एटलेटिको मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो।

खेलको सुरुवातमा १-० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं मिनेटमा मड्रिडका एलेक्स बाएनाले गोल गर्दै बार्सिलोनालाई पछाडि पारेका थिए। खेलको २६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेल बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गरेको थियो।

खेलको ६५ औं मिनेटमा डामी ओल्माले बार्सिलोनालाइर्ए अग्रता दिलाए भने ९० मिनेटपछिको अतिरिक्त समयमा फेरान टेरेसले थप गोल गर्दै ३-१ को शानदार जित दिलाएका हुन्।

यो जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : २७ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण