डेब्यू खेलमा चलेन डुप्लेसीको ब्याटिङ, लुम्बिनीले लियो विराटनगरको दोस्रो विकेट « Khabarhub

डेब्यू खेलमा चलेन डुप्लेसीको ब्याटिङ, लुम्बिनीले लियो विराटनगरको दोस्रो विकेट


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सका हेभीवेट ब्याटर रुपमा हेरिएका ओपनर फाफ डुप्लेसी सस्तैमा आउट भएका छन् । 

२ ओभरका अन्तिम बलममा डुप्लेसी दोस्रो विकेटका रुपमा आउट भएपछि विराटनगरलाई दोहोरो धक्का लागेको छ ।

उनले ९ बल सामना गर्दा २ चौका हान्दै १२ रन जोडे । 

डुप्लेसी लुम्बिनीका अभिषेक गौतमको बलमा विकेट किप्पर डीआर्सी सर्टमार्फत् स्टम्पिङको शिकार भएका हुन् । 

यो उनको डेब्यू खेल हो । यही सिजनबाट उनी एनपीएलमा अनुबन्ध भएका हुन् । 

फाप दक्षिण अफ्रिकाका मध्यक्रममा ब्याटर हुन् । उनीसँग साउथ अफ्रिकाको तीन फम्र्याटको टोलीलाई कप्तानी गरेको अनुभव छ । उनी विश्व चर्चित ब्याटर र फिल्डर हुन् । उनले आईपीएल टिम रोलय च्यालेन्जर्स बेंग्लुरुको कप्तानीसमेत (सन् २०२२–०२४) गरेका थिए ।

विश्व चर्चित खेलाडी फाफलाई एनपीएलकै ठूलो नामका रुपमा हेरिएको छ ।

विराटनगरका पहिलो विकेटका रुपमा अर्का ओपनर जर्ज मुन्से आउट भएका हुन् । उनलाई शेर मल्लले बोल्ट गरेका हुन् । पहिलो ओभरको दोस्रो बलमै उनी पवेलियन फर्किएका हुन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : २१ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि