हुम्लामा दुई मतदानस्थल थपिए « Khabarhub

हुम्लामा दुई मतदानस्थल थपिए


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् । 

जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै दुई वटा मतदानस्थल आयोगले थप्ने निर्णय गरेको हो ।  

आयोगले दुई वटा मतदानस्थल थप्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताए । नयाँ मतदानस्थल थपिएको परिपत्र आयोगबाट आइसकेको उनले जानकारी दिए । 
    
 हाल कायम रहेका मतदानस्थलबाहेक थप गरिएका मतदान स्थलहरुमा चङ्खेली गाउँपालिका–२ को महादेव मावि दार्मा मतदान केन्द्रबाट छुट्याएर देवकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदानस्थल कायम भएको छ भने नाम्खा गाउँपालिका–१ को ताङ्गिन गाउँका मतदाताहरुका लागि नमोडाछेमु आविलाई नयाँ मतदानस्थलका रुपमा कामय भएको निर्वाचन अधिकृत रोकायाले बताए। 
    
महाकवि लक्ष्मी आवि मतदान केन्द्रमा ४५२ जना मतदाता र नमोडाछेमु आविलाई नयाँ मतदानस्थलको मतदान केन्द्रमा १८५ मतदाता छन् । मतदाता सङ्ख्या बढी र मतदानस्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिँड्नुपर्ने भएपछि जिल्लाबाट ती मतदानस्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरिएको हो ।
   
 यसैगरी, जिल्लाभरका मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता भएका मतदान केन्द्रहरूमा मतदान केन्द्र ‘क’ र ‘ख’ निर्धारण गर्न पनि समितिको बैठकले सिफारिसको भए पनि त्यसको विस्तृत विवरण भने आइसकेको छैन । 

अब आगामी निर्वाचनका लागि हुम्लामा ६० मतदानस्थल र ६१ वटा मतदान केन्द्र कायम भएका छन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ मतदाता  छन् । यसअघि २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लामा ५८ मतदानस्थल कायम गरिएका थिए । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ०८ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)