खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन « Khabarhub

खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्धले दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले खेल १० ओभरमा पुग्दा ३ विकेटको क्षतिमा ६९ रन जोडेको छ । 

लुम्बिनीका सन्दीप जोरा तेस्रो विकेटका रुपमा ९ ओभरको दोस्रो बलमा आउट भएका हुन् । १५ बलमा ३ चौका र १ छक्का प्रहार गरेर २४ रन बनाएका उनी विराटनगरका सन्दीप लामिछानेको एलबीडब्ल्यू धरापमा परेका हुन् । 

ओपनर डीआर्सी सर्ट भने अविजीत ३१ रन जोडेका छन् । उनले ३० बलमा ४ चौका प्रहार गरेका छन् ।

दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । ३ बल सामना गरेका रोहित रनको खाता नखोली आउट भएका हुन् । चौथो ओभरम नै लुम्बिनी दुई विकेट गुमाएको हो ।

उक्त ओभरको पहिलो बलमा सुवासले ओपनर सुमित महर्जनलाई आउट गराएका थिए । सुमितले ११ बलमा १० रन जोडे ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ४६ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका