लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ « Khabarhub

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
    
रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ घर भई हाल हटौँडा उपमहानगरपालिका–१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरी गाउँपालिका– ५ वसन्तपुर निवासी २३ वर्षीय सञ्जित आले, मनहरी गाउँपालिका–३ लामिटार निवासी ३३ वर्षीय विनोदबहादुर बल र मनहरी गाउँपालिका–५ निवासी ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाको साथबाट करिब २० मिलिग्राम लागुऔषध खैरो हेरोइन र बा८९प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ०७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा