कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने « Khabarhub

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्‍याउने भएको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले दुई दिनभित्रै नयाँ क्रियाशील फारम पार्टीका तल्ला तहमा पठाइसकिन्छ।

कांग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरू गरे पनि नयाँ क्रियाशील वितरण गरेको थिएन। कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य छन् भने वडा तहमा अहिलेसम्म ६ लाख जनाले नवीकरण गरेको अवस्था छ।

महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिएपछि क्रियाशील सदस्यता वितरणलाई कांग्रेसले तीव्रता दिन लागेको हो।

यो समितिले देशभर क्रियाशील नवीकरणको अवस्थाबारे पनि जानकारी लिने भएको छ।

उनकाअनुसार शुक्रबार सबै भ्रातृ संस्थाका पदाधिकारीहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने कार्यक्रम छ।

मंसिर १५ गते केन्द्रीय समिति बैठक गरेर कांग्रेसले वडादेखि केन्द्रसम्म ७ तहको अधिवेशन कार्यतालिका ल्याएको थियो।

जसअनुसार केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण मंसिर २० गतेभित्र गरिसक्न समय दिइएको छ भने प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम मंसिर २४ गतेभित्र पठाइसक्नुपर्छ।

कांग्रेसले पुस १४ गते क्रियाशील सदस्यता सूची तयार पारेर सभापति र कार्यवाहक सभापतिलाई बुझाउने तथा निर्वाचन समितिलाई पेस गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ५१ बजे

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

बागलुङ– विकासका हिसाबले ओझेलमा परेको बागलुङकाे रामतोला गाउँ जोड्ने सडक