पत्रकार श्यामसुन्दर पुडासैनीको निधन « Khabarhub

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो।

पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको कुँवरको भनाइ छ। शुक्रबार साँझ पुडासैनी एक सहकर्मीकोमा खाना खाएर राति १० बजेतिर कोठामा पुग्नसाथ ढलेको कुँवरले बताए।

कुँवरले भने, ‘केही दिनयता उहाँ बिरामी हुनुहुन्थ्यो। तर हस्पिटलमा चेक अप, फलोअपसँगै अफिस पनि आउनेजाने गर्नुहुन्थ्यो। आज पनि नियमित ड्युटी सकेर ८ बजे अफिसबाट निस्केर एक सहकर्मीकोमा खाना खाएर १० बजेतिर कोठा पुग्नासाथ ढल्नुभएछ। छिमेकीले खबर गरेपछि लगत्तै हेल्पिङ ह्यान्ड्स हस्पिटल ल्याउँदा सास थिएन।’

पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए। पुडासैनीले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए।

पत्रकार गणेश पाण्डेले पत्रकार पुडासैनीको निधनपछि फेसबुकमा लेखेका छन्, ‘प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश उपाध्यक्ष श्याम सुन्दर पुडासैनी भाइ, तिम्रो शरीरलाई छाम्दा तिमी जुरुक्क उठ्छौ जस्तो लाग्छ। तर, अस्पतालमा तिम्रो मृत शरीर अगाडि उभिँदा मलाई असाध्यै पीडा भएको छ। अकस्मात् यो तिमीलाई के भयो ? प्रिय भाइ तिमी उठ ! प्लीज भाइ !’

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ३४ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र