रास्वपा केन्द्रीय समिति बैठक आजदेखि सुरु « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि सुरु


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको हो ।

उनका अनुसार बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ ।

साथै, सङ्गठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय संयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।

यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय सङ्गठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् ।

यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने बुर्लाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : २३ बजे

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र