राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने छ ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा हिजोदेखि जारी बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका छन् ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा. विष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, सङ्गठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सहमहामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी विभागको प्रतिवेदन सहमहामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए ।

हिजो पेस भएका कार्यपत्र र प्रतिवेदनमाथि आज धारणा राख्ने क्रम जारी रहने महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ३२ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज