प्राकृतिक विपद : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी « Khabarhub

प्राकृतिक विपद : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गत असोजको १० गते पछिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दाबी सम्पत्ति बीमामा परेको छ ।

यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दाबी रकम माग गरिएको छ ।

मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दाबी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ ।

पशुपक्षी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दाबी भएको छ ।

प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित बागमती प्रदेशमा तीन हजार दुई सय १३ माग दाबी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ ।

गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : १७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको