पदभार ग्रहणअघि ट्रम्पलाई धक्का : १० जनवरीमा जेल वा जरिवानाको फैसला हुनसक्ने « Khabarhub

पदभार ग्रहणअघि ट्रम्पलाई धक्का : १० जनवरीमा जेल वा जरिवानाको फैसला हुनसक्ने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एक न्यायाधीशले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १० जनवरीमा सजाय हुने बताएका छन्। राष्ट्रपति पदभार ग्रहण गर्नुअघि उनलाई ‘हस मनी’ प्रकरणमा दोषी ठहर गरिएको हो। उनको सजाय के हुने भन्ने यकिन छैन, जेल या जरिवानाको भने टुङ्गो लागेको छैन।

अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले यो मुद्दालाई भङ्ग गर्न चाहेका थिए। न्यायाधीशले यो घोषणा गरे पनि ट्रम्पको टिमले यसको आलोचना गरेको छ। ट्रम्प टिमले यसलाई गैर न्यायिक भन्दै केस डिसमिस गर्ने बताउँदै आएको छ।

मे महिनामा ट्रम्पलाई केही व्यावसायिक गलत रेकर्ड तथा वयस्क फिल्म स्टार स्टोर्मी डानियल्सलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको फेला परेको छ।

ट्रम्पले भने यी सबै आरोपलाई गलत भन्दै २०२४ को राष्ट्रपति उम्मेदवार अभियानलाई प्रभावित पार्न यी सबै गरिएको बताउँदै आएका थिए। ट्रम्पका प्रवक्ताले न्यायाधीश मर्चनको आलोचना गरेका छन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ३५ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई