कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०–८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।

यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको अनुमान छ । आर्थिक वर्ष २०७९–८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा एक दशमलव ९५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ३१ प्रतिशतले वृद्धि भएको संशोधितअनुमान रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आर्थिक वर्ष २०८०–८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । प्रमुख बालीमध्ये धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः आठ दशमलव ४८ प्रतिशत र दुई दशमलव १२ प्रतिशतले बढेको छ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः शुन्य दशमलव ९७ प्रतिशत, २८ दशमलव १६ प्रतिशत र ३३ दशमलव ३० र २३ दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

त्यसैगरी, तरकारी र बागबानी बालीले ढाकेको क्षेत्रफल ३६ दशमलव ४० प्रतिशत र पाँच ९८ प्रतिशतले वृद्धि भएको छ । सो प्रदेशमा समग्र कृषि बालीको उत्पादन छ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ ।

खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२ दशमलव शून्य चार प्रतिशत र शुन्य दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः सात दशमलव ६१ प्रतिशत, १९ दशमलव ८७ प्रतिशत, १८ दमलव ९८ प्रतिशत र आठ ४६ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा दुध उत्पादन सात दशमलव ८२ प्रतिशतले बढेको छ । त्यस्तै मासु, माछा र अण्डा उत्पादनमा क्रमशः छ दशमलव ५८ प्रतिशत, तीन दशमलव ३४ र शुन्य दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको नौ दशमलव १२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा एक दशमलव ७१ प्रतिशतले घटेको छ ।

यस प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत रहेको छ । प्लाष्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योग अन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५ प्रतिशत छ ।

समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा तीन दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६ दशमलव ९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ । सो प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३ दशमलव ४९ प्रतिशत, १५ दशमलव ७७ प्रतिशत र २४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३ दशमलव ९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । सो प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या चार सय ७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ७८ दशमलव ५० प्रतिशत छ ।

सो प्रदेशमा विद्युत प्रसारण लाईन दुई हजार चार सय १६ दशमलव ४७ सर्किट किलोमिटर पुगेको छ । समीक्षा वर्षसम्म सो प्रदेशमा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ३५ बजे

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा 

गोरखा– गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न

बागलुङ नगरपालिका बालमैत्री नगर घोषणा

बागलुङ– बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि

नवलपरासी आलुमा आत्मनिर्भर

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

जुम्ला– जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो