खोटेहाङमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु « Khabarhub

खोटेहाङमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो ।

छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले एक लाख उपलब्ध गराएको प्रतियोगिताका सहआयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिए । गाउँपालिका तथा राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकमले प्रतियोगिताका विजयीलाई पुरस्कारदेखि व्यवस्थापनसम्मको खर्च धान्नुपर्ने जनाइएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका छन् । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख रूपेश राई, नौँवटै वडाका वडाध्यक्ष, राजनीतिक दल, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : २१ बजे

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि