रास्वपाको केन्द्रीय समिति बैठक जारी « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक जारी


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । स्वयम्भू स्टार बैंकेटमा शनिबार बिहान ७ बजेबाट रास्वपाको बैठक सुरु भएको हो ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ भएको छ । रास्वपाले केन्द्रीय समिति र आमन्त्रित सदस्यहरू माझ स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिरहेको छ । 

रास्वपाले संगठनको समीक्षा र संगठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाएको छ । संगठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क तथा प्रदेश समन्वय संयन्त्रका सबन्धमा पनि छलफल गरिने रास्वपाले जनाएको छ ।

पहिलो दिनको यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय संगठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी छन् ।

रास्वपाले केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने बुर्लाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : ३७ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल