अस्पताल भवन समयमै निर्माण नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

अस्पताल भवन समयमै निर्माण नहुँदा स्थानीयलाई सास्ती


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दार्चुला– शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्प  भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिलान्यास गरेको थियो।

अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ ।

अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्रीले बताएका छन्। लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७-७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ ।

 कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताए।

दुहुँ गाउँपालिकामा पनि १० शैय्या अस्पताल निर्माण थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए । आव २०७७-७८ मायमुना, कौशिल जगदम्बा जेभीले कूल आठ करोड २९ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । 

यसैगरी, व्यास गाउँपालिकामा रु २४ करोड ७६ लाख ८५ हजारको लागतमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले बताए। 

यद्यपि अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैय्या अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो अस्पतालका लागि रु १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : ०७ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको