भीम रावल विराटनगर पुग्दा ‘जय देश जय नरेश’ को नारा ! « Khabarhub

भीम रावल विराटनगर पुग्दा ‘जय देश जय नरेश’ को नारा !

राजावादीको स्वागत थाप्दै रावलले भने, ‘मेरो अभियानमा सबै अटाउँछन्‌’


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । यस्तो नारा पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना माग गर्दै लगाउने गर्छन्‌ ।

गृहमन्त्री भएका बेला पूर्व पुगेका रावल यतिखेर ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन् । विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले ‘जय देश जय नरेश’ को नारा लगाएका हुन्‌ ।

राजावादीहरू राष्ट्रिय झण्डासहित रावललाई स्वागत गर्न पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई राष्ट्रिय झन्डा भने विमानस्थल परिसरमा लैजान रोकेको थियो ।

यसअघि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरु गरेका थिए। सोही अभियानमा समेत जोडिएका सुनसरी इटहरीका सतीश पोखरेलसहितको समूह रावललाई स्वागत गर्न विराटनगर विमानस्थलमा पुगेको थियो ।

पोखरेलले रावललाई माला लगाइदिँदै ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन अभियान’को तर्फबाट स्वागत गरिएको बताए । उनले देशमा ठुलो अभियान चलाएर उक्त अभियानमा सबै एक भएर यो देशका दलालहरू विरुद्ध उत्रनुपर्ने राय,सुझाव धारणा दिएका थिए । त्यसपछि पोखरेलले ‘जय देश जय नरेश’को नारा लगाए । 

केही समय पहिले झापाको काँकडभिट्टास्थित मेची नदीबाट प्रसाईँले ‘नागरिक बचाउ महाअभियान’ अभियान सुरु गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्व युवराज पारस शाह पनि मञ्चमा देखिएका थिए ।

निकै लामो समयपछि पूर्व आएका रावललाई स्वागत राजावादी, दुर्गा प्रसाईँ समर्थितसँगै विभिन्न राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरू विराटनगर विमानस्थलमा पुगेका थिए ।

रावलले प्रधानमन्त्री एवम्‌ एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई ‘बामाले’ कम्पनीमा परिणत गरिदिएको भनी टिप्पणी गरे ।

एमाले पार्टीको मूल विचार र सिद्धान्त मार्क्सवाद र लेलिनवादको समाप्त पार्दै ओलीले पार्टीलाई ‘बामाले कम्पनी’मा  परिणत रावलको तर्क थियो ।

उनले एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफूमाथि आलोचना गर्नेलाई हटाएर एमालेमा ‘बामाले’लाई स्वीकार्ने र जसरी भए पनि पद लिने नीति अख्तियार गर्ने नेता कार्यकर्तामात्र राख्ने नीति लिएको समेत आरोप लगाए ।

पार्टी अध्यक्ष ओलीविरुद्ध खरो रूपमा उत्रिएका नेता रावलले ओली पहिचान खुल्न नसक्ने नेताको नमूना रहेको भन्दै कटु कटाक्षसमेत गरे ।

एक अर्को प्रसङ्गमा नेता रावलले मातृभूमिको रक्षाका लागि आफूले मातृभूमि जागरण अभियान सञ्चालन गरी सबै देशभक्तलाई अभियानमा जोड्न चाहेको बताए । यो अभियानमा कम्युनिस्ट, गैर-कम्युनिस्ट र राजवादी सबै अटाउने नेता रावलको दाबी छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : २८ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा