बुल्दी खोलामा पुल निर्माण- नौ महिनामा ७५ प्रतिशत प्रगति « Khabarhub

बुल्दी खोलामा पुल निर्माण- नौ महिनामा ७५ प्रतिशत प्रगति


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणाधीन पुल निर्माणले गति लिएको छ । 

निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ। 

सम्झौता मितिभन्दा छ महिना अगावै फागुनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यास नगरपालिका योजना शाखा अधिकृत तिवारीले बताए । 

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । कम्पनीले निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । उनका अनुसार यस पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । 

हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधन आवतजावत हुँदै आएको थियो ।

  पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए।  

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : ५४ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई