भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ « Khabarhub

भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटस्थित आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतोलाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह- प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिएका छन्।

महतोले २०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महतोको श्रीमती २२ वर्षीया शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर फरार भएका थिए।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो ।

घटना भए देखिनै फरार महतोलाई खोज तलास गर्दै शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत  सयौंजना अभियुक्त पक्राऊ परेका छन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  २ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार