माओवादी स्थायी कमिटी बैठक स्थगित, भोली बिहान बस्ने « Khabarhub

माओवादी स्थायी कमिटी बैठक स्थगित, भोली बिहान बस्ने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । 

आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिने लगायतका अजेन्डा रहेको थियो ।

भोली देखी सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्न लागेको  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुङ्ग्याउनका लागि आज बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजेबाट सुरु हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ ।

स्थानीय तहको उपनिर्वाचन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लड्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ३ : ३७ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स